बलात्कार मुद्दामा श्रीलंकाका क्रिकेटर दनुस्का निर्दोष ठहर
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १३:५६:५७
११ असोज, काठमाडौं । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकालाई बलात्कार सम्बन्धी मुद्दामा अदालतले निर्दोष ठहर गरेको छ । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले उनलाई निर्दोष ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।
३२ वर्षीय दनुस्कालाई अब खेलमा फर्किनृ बाटो खुला भएको छ । उनीविरुद्ध २९ वर्षीया एक महिलाले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् । टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा आफ्नो घरमा आएर आफूलाई बलात्कार गरेको महिलाको दाबी थियो । उनले दनुस्कामाथि थुप्रै आरोप लगाएकी थिइन् । तर सहमति बिना कण्डम हटाएको आरोपमाथि मात्र छानबिन भएको थियो ।
न्यायाधीश रारा हगेटको इजलासमा भएको सुनुवाइका क्रममा उजुरीकर्ता महिलाले आफूले सुरक्षित यौन सम्बन्धका लागि मात्र सहमति दिइएको तर दनुस्काले आफूले नदेख्ने गरी कन्डम हटाएको बताएकी थिइन् । ती महिलाले दनुस्कामाथि जबरजस्ती चुम्बन गरेको, कयौं पटक जोडले दबाएका कारण ज्यानको खतरा महसुस गरेको दाबी गरेकी थिइन् । सुनुवाइमा बसेका दनुस्काले सबै आरोप अस्वीकार गरेका थिए ।
दनुस्काले प्रहरीले सोधेको हरेक प्रश्नको जवाफ सहज र नदोहोर्याएर दिएको र सो क्रम अदालतमा पनि कायम राखेको, तर महिलाले भने प्रहरीलाई बयान फेरि फेरि दिएको र अदालतमा पनि फरक वकपत्र गरेको इजलासको ठहर गरेको छ । ८ टेष्टसहित १०० भन्दा बढी म्याच खेलिसकेका दनुस्का बलात्कारको आरोपमा गत वर्ष अक्टाेबरमा सिड्नीबाट पक्राउ परेका थिए । पक्राउपछि उनी निलम्बनमा परेका थिए ।
यस्तै बलात्कार घटनाको मुद्दा हाल नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पनि चलिरहेको छ । काठमाडौं जिल्ला अदालमा मुद्दाको अन्तिम सुनुवाइ हुने क्रममा रहेको छ । आइतबार अन्तिम सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीश अभाव देखाएर सुनुवाइ स्थगन गरेको थियो । त्यसपछि लामिछाने मंगलबार एसियाडमा नेपाली क्रिकेट टोलीबाट खेल्न चीनको हाङझाउ गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार