रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १४:३३:५०
११ असोज, अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् ।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सास्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए । रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ ।
पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले सुनाए । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट टाँगेर बसेका छन् ।
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ । कतिपयले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् । रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ ।
रामारोशनमा दर्जनौँ समथर फाँटहरु र यहाँ फूल्ने फूल यहाँका आकर्षण हुन् । पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै
असोज ४, २०८१ शुक्रबार
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिँदै
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
भारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार
पातको व्यापार गर्दै स्थानीय महिला
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
आयुर्वेदिक चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै
असोज ६, २०८१ आइतबार
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ
असोज ६, २०८१ आइतबार