विप्लव पुत्र प्रकाशले कसे डा. मान्यतासँग लगनगाँठो
विप्लवले दिए ‘सी विवाह’काे संज्ञा, ‘प्रेम काेष’ स्थापना गर्ने घाेषणा
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १५:८:७
११ असोज, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र प्रकाश चन्द र चिकित्सक मान्यता थापाबीच विवाह भएको छ । बिहीबार कपिलवस्तुको शिवगढीस्थित पार्टीका केन्द्रीय कार्यालयमा दुई जनाबीच प्रगतिशील विवाह भएको हो ।
चिकित्सक पेसामा रहेका प्रकाशले पार्टीमै रहेकी चिकित्सक सेवामा सक्रिय चिकित्सक मान्यतासँग विवाह गरेका हुन् । पार्टीले चिकित्सा शिक्षा सुधारका लागि चलाएको संघर्षमा चितवन मेडिकल कलेजविरूद्धकाे संघर्षमा दुवै जना सँगसँगै खटिएका थिए । प्रकाश हाल पार्टीनिकट जन स्वास्थ्यकर्मी संघका महासचिव हुन् ।
विवाह समारोहमा पार्टीका महासचिव विप्लव लगायत शिर्षस्थ नेता, शुभेच्छुक, परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । समाजलाई रुपान्तरणको दिशामा योगदान दिने उद्देश्यले परम्परागत विवाह प्रणालीलाई छाडेर दुई जनाले प्रगतिशील विवाह राेजेको उनीहरुले बताएका छन् ।
विवाह समाराेहमा दुलह, दुलहीले भाषण गरे । कुरिती र कुसंस्कार हटाउन प्रगतिशील विवाहले सहयाेग पुर्याउने तर्क गरे । लाखाैं रूपैयाँ खर्च गरेर विहे गर्ने तरिका ठीक नभएकाे समेत उनीहरूले भाषणमा भने । उनीहरूले कार्यालय परिसरमा वृक्षाराेपण समेत गरे ।
विवाह समारोहमा उद्घोषकले दुलहलाई प्रकाश सी र दुलहीलाई मान्यता सी भनेर सम्बोधन गरेका थिए । दुलह दुलहीलाई पार्टीको तर्फबाट विवाहको प्रमाण प्रदान गरेपछि महासचिव विप्लवले आफ्नो सम्बोधनका क्रममा विवाहलाई ‘सी विवाह’को सज्ञा दिएका थिए ।
नेकपाको गत वर्ष शिवगढीमै भएको नवौ महाधिवेशनले पार्टीका नेता कार्यकर्तालाई पूर्णरुपमा कम्युनिष्ट व्यवहार, संस्कार र आचरणमा बदल्ने भन्दै नामको पछाडि सी जोडने र बोलाउँदा, सम्बोधन गर्दा सी थरबाट गर्ने निर्णय गरेको थियो ।
विवाह पार्टी कार्यालयमा गरेका उनीहरूकाे भाेज भने पार्टी प्यालेसमा भएकाे छ । भाेजमा पहुनालाइ बाेलाउने निमन्त्रणा कार्ड भने झकिझकाउ र महंगा कागजमा प्रिन्ट गरेर बाँडेकाे पाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार