विवाह भइसकेकी छोरीकाे पनि अंश दाबी लाग्ने जिल्ला अदालत नवलपुरकाे फैसला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १५:५०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/nawalpur_court_GUCW6dEAj6_NomFM4eJw6.png)
११ असोज, काठमाडौं । जिल्ला अदालत नवलपुरले विवाह भइसकेकी छोरीले पनि अंश पाउने फैसला गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोरा मात्रै हो भनेर छोरीलाई अंशबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । विवाह भइसकेकी छोरीले अंश दाबी गरे दाबी लाग्ने अर्थात दिनुपर्ने फैसला गरेको हो ।
बाग्लुङ जैमनी–९ घर भइ नवलपरासीस्थित कावासोती–४ हसौरा बस्ने गंगबहादुर थापाकी छोरी सीमा थापा र ज्योति थापाले ०७५ मा हजुरआमा नन्नाकली थापासमेतलाई प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले २०७९ मंसिर २७ गते गरेको फैसलामा यस्तो उल्लेख छ । फैसलाको पूर्णपाठ हालै मात्र बाहिर आएको हो ।
घर छाडेर भारतमा मजदुर गरेका बेला गंगाबहादुरले कान्छी श्रीमती चन्द्रासँग बिहे गरेपछि नेपालमा रहेकी एक सन्तान समेत भएकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन् । केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन् ।
कान्छी श्रीमतीबाट जन्मिएका २ छोरी सीमा र ज्योति २०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै उनीहरू नेपाल आएर हजुरआमासँग अंश माग गर्दा नदिएपछि उनीहरूले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरू पनि भएको दाबी गर्दै नन्नाकलीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गराए ।
मुलुकी देवानी संहिता २०७४ को दफा २०५ मा सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु–आमा र छोरा–छोरीलाई अंशियार मान्ने प्रष्ट व्यवस्था भएको उल्लेख गर्दै सोही संहिताको परिच्छेद १० मा विवाहित छोरीहरूले समेत अंश हकको माग दाबी लिन पाउने ठहर भएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
अंशको अधिकार छोरालाई मात्रै भएको भनी छोरीलाई अंशबाट वञ्चित गर्न खोज्नु पितृसत्तात्मक सोच भएको व्याख्या गर्दै अदालतले मूल अंशियार हजुरआमा नन्नाकलीलाई गंगाबहादुरका दुई छोरीलाई अंश दिन आदेश भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार