सरकारलाई जवाफदेही बनाउन र काम गर्ने वातावरण मिलाउन सञ्चार क्षेत्रले भुमिका खेल्नुपर्छः सभामुख
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १६:२३:१२
११ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारलाई जवापदेही बनाउन र विधिसंगत ढंगले काम गर्ने वातावरण मिलाउन सञ्चारमाध्यमले भुमिका निभाउनुपर्ने बताएका छन् । उनले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भुमिका खेल्नुपर्ने बताएका छन् ।
सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार सभामुख घिमिरेले सूचनाको हक कुण्ठित गर्ने विगतको प्रतिबन्धलाई तोडेर यहाँसम्म आइपुगेको भन्दै प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताए । कानुन निर्माण गरेर संविधानले व्यवस्था गरेका कुरालाई कार्यान्वयनमा ल्याउन संघीय संसद्ले खेल्नुपर्ने भूमिकाबारे पनि सञ्चारमाध्यामले सचेत गराउनुपर्ने बताए ।
कानुनमा व्यवस्था गरेका कुरालाई कार्यान्वयनमा जोड दिनुपर्ने सभामुख घिमिरेको भनाइ थियो । ‘संविधानले व्यवस्था गरेका कुराका लागि कानुन प्रबन्ध गर्न थुप्रै बाँकी छ । कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू पनि केही देखिएका छन्,’ उनले भने ।
सभामुख घिमिरेले सूचनाको हक ठीक ढंगले प्रयोग भइरहेको छ कि छैन भन्ने कुरामा पनि सचेत रहनुपर्ने बताए । उनले सूचनाको हक नियन्त्रण गरेर सत्ताले निरंकुश ढंगबाट शासन गर्ने जोखिम रहने पनि बताए । सूचना हक नियन्त्रित भएमा समाजलाई कता लैजान्छ भन्ने कुराको ख्याल राख्नुपर्ने उनको भनाइ थियो ।
कानुनमा देखिएका कमीलाई पूरा गर्न विधायिकाले भूमिका खेल्ने पनि सभामुख घिमिरेले बताए । ’कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा खासगरी विधायकहरूले खेल्नुपर्ने भुमिका संघीय संसद्मार्फत कसरी खेल्नुपर्छ । विधेयकमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरूलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरूले गर्न सक्छन्,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार