नापी कार्यालय लाहानमा विचौलियाको रजगज, बिना घुस हुँदैन सेवाग्राहीको काम
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १६:५६:३९
११ असोज, सिराहा । सिराहामा नापी कार्यालयका कर्मचारीहरूले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेकाे पाइएको छ । लाहानस्थित नापी कार्यालयका कर्मचारीहरूले सेवाग्राहीसँग कित्ता काट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरू आफैंले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो ।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरूको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन् । लामो समयपछि कित्ता काट खुलेकाले सेवाग्राहीहरुको चाप बढेकाले नापी र मालपोतबाट हुने सबै खालका काम विना घुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए ।
उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्याएर बिहानै कार्यालय पुग्दा पनि ४ बजेमात्र कित्ता काट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्यो । तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्यो । घुस दिएका कारण बल्ल ४ बजे काम भयो । घुस नदिएको भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यस दिन हुन सकेन ।’
गोलबजार नगरपालिका–६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटको लागि गत शुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्द हुने समयमा मात्र नक्सा उनको हात पर्यो । तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुस बापत दुई हजार रूपैयाँ दिनु परेको उनको आरोप छ । ‘मेरो भरदिन त्यही काममा बित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिए,’ उनले भने ।
लामो समयपछि कित्ता काट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भीडभाड लाग्ने गरेकाले त्यसको फाइदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन् । उनीहरूले सेवाग्राहीलाई भीडको बहाना देखाउँदै आज काम नहुने भन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खोजे । कार्यालयमा भएको अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेको विषयमा आफू जानकार नरहेको भन्दै पन्छिएर कर्मचारीमाथि आरोप लगाउँदै सिंहले भने, ‘उनको (अमिन गैन महतो) व्यवहार अलिक ठीक छैन । तपाईँले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाइ दिउँला ।’
अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दीपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनदेन तथा अनियमिततामा कार्यालय प्रमुख लगायतकाे मिलोमतो रहेको पुष्टि गर्छ । सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासो आउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार