भारतीय कम्पनीले पाएको फुकोट कर्णालीको ईआईए स्वीकृतिको प्रक्रिया सुरु
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १७:२३:२७
११ असोज, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई निर्माणको जिम्मा दिएको फुकोट कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआर्यए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ ।
विद्युत उत्पादन कम्पनीले लिमिटेडले अध्ययन गरेको आयोजनाको ईआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । मन्त्रालयले स्वीकृतिका लागि आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ७ दिनभित्र राय र सुझाव पेस गर्न आग्रह गरेको छ ।
४८० मेगावाट जडित क्षमता भएको प्रस्तावित आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिका भएर बग्ने कर्णालीमा नदीमा निर्माण हुँदैछ । यो अर्ध जलाशय प्रकृतिको हुनेछ । आयोजना निर्माण थालेको ५ वर्षमा उत्पादन थाल्ने लक्ष्य लिएको छ । आयोजनामा करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी एनएचपीसीले नै जुटाउने सर्त छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असारको तेस्रो साता भएको भारत भ्रमणका क्रममा फुकोट कर्णाली निर्माण गर्न एनएचपीसीसँग सम्झौता गरिएको थियो । एनएचपीसीलाई ५१ प्रतिशत सेयर दिइएको छ भने ४९ प्रतिशत सेयर विद्युत उत्पादन कम्पनीको नाममा रहने व्यवस्था गरिएको छ । गत जेठ १७ गते आयोजना विकासका लागि द्धिपक्षीय सम्झौता (एमओयु) भएको थियो ।
उत्पादित बिजुली ४०० केभी प्रसारण लाइनमार्फत भारत लैजाने भनिएको छ । नेपालले यो आयोजनाबाट २१.९ प्रतिशत बिजुली निःस्शुल्क पाउने भनिएको छ । आयोजनाले हिउँदमा ७४४.७९ गिगावाट घण्टा र वर्खायाममा १७०३.८ गिगावाट घण्टा उत्पादन गर्न सक्ने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार