एमाले कोशी अधिवेशनको तयारी पूरा, मधेश अधिवेशनको लोगो सार्वजनिक
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १७:३५:४८
११ असोज, काठमाडौं । नेकपा (एमाले)को कोशी प्रदेश कमिटीले प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको जनाएको छ । दुई दिनसम्म चल्ने अधिवेशन शुक्रबार सुरु हुँदैछ । अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन र मनोनितसहित १०४७ प्रतिनिधि सहभागी हुने न्यौपानेले बताए । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ ।
यस्तै, एमालेको मधेश प्रदेशको यही असोज २४ र २५ गते प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । आज जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरेर केन्द्रीय सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका छन् ।
नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय भएको छ । बागमती र कर्णालीमा अधिवेशन चलिरहेको छ । लुम्बिनीमा अधिवेशन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार