ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १८:७:१६
११ असोज, काठमाडौं । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।
रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप, भिटामिन र बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ ।
रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरू रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान विगतदेखि नै गर्दै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए ।
रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले बताए ।
बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । यसबाट कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनका साथै भिटामिन खुवाउन थालिएको उनले बताए ।
उनका अनुसार गत सातामात्र पाथीभरा याङ्वरक गाउँपालिका-२ थेचम्बु २० र ३ तिरिङ्गेमा ६८, सिरिजङ्गा गाउँपालिका-३ सिकैँचागाउँमा एक सय ११ कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । फुङ्लिङ नगरपालिका-९ बुङकुलुङ गाउँमा ५१, वडा नं १० फुरुम्बो एक सय १३ र वडा नं ११ फावाखोलामा ७१ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ ।
गत वर्ष चार सय १४ वटा कुकुर, १९ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको थियो । हिमाली मञ्चले संकलन गरेको तथ्यांक अनुसार ताप्लेजुङमा करिब एक सय ३४ रेडपान्डा रहेको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार