फ्री भिषा र फ्री टिकटको सस्तो नारा दिएर मेनपावरलाई राज्य ठग्ने लाइसन्स दिइएको छः श्रममन्त्री भण्डारी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १०:३५:६
१२ असोज, महोत्तरी । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन । सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई नै व्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।
विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयबाट ऐतिहासिक कामहरू गरेको बताउँदै मन्त्री भण्डारीले बिचौलियाहरुबाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरूमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुबाट उच्च रहेको र यसलाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।
कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले विभिन्न १७ वटा बुँदासहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सबै बुँदाहरुमा कामहरू भएको बताउँदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यसले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।
ज्ञापनपत्रमा वीमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुनः बीमा गराउने, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, वैदेशिक रोजगारमा जानेहरूलाई अनिवार्य सीप, तालिमको व्यवस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।
मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउँदै त्यो व्यवहारतः नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरू मध्ये केही कम्पनीमा यस्तो भएतापनि १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरूले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।
कागजमा १० हजार तर कामदारसँग लाखौं रुपैयाँ लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नयाँ ढंगले काम गरिरहेका छौ,झ मन्त्री भण्डारीले भने, अब बिचौलियाबाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानीय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा औषधि अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार