पर्यटक स्वागत तथा सत्कारको पर्खाइमा महोत्तरीका व्यवसायी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १०:५३:३६
♦ विशाल बस्नेत
११ असोज, महोत्तरी । विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरूले आन्तरिक र बाह्य पर्यटकको लागी छुटसहितको स्वागतमा जुटेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आबद्ध व्यापारीहरुले आन्तरिक र बाह्य पर्यटनको लागी २५ प्रतिशत छुटसहित स्वागतमा जुटेका हुन । पर्यटकहरूलाई आकर्षण गर्न जिल्लाका मुख्य सडकहरूमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा पर्यटकीय स्थलहरूमा सरसफाइ समेत गरिएको छ ।
यो पर्यटन दिवस ७ दिनसम्म मनाउने निर्णय गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए । 'यो अवधिमा स्थानीय पर्यटकीय सम्भावनाको खोजी र योजना पनि बनाउने छौ,' अध्यक्ष कार्कीले भने , 'पहिलो दिन बुधबार हामीले जिल्लाको उत्तरवर्ती क्षेत्रका पहाडहरू घुम्यौ ।'
जिल्लाको उत्तरवर्ती क्षेत्रमा रहेका उच्च पहाडहरू राई मण्डल, चनौटे डाडोँजस्ता ठाउँहरुको सम्भाव्यता अध्ययन गरिएको अध्यक्ष कार्कीले बताए । होटल तथा पर्यटन व्यवसायीहरू जिल्लाका सीमा नाका र एयरपोर्टमा पुगेर खादा तथा माला लगाउँदै आन्तरिक र बाह्य पर्यटकको स्वागत गर्ने समेत कार्यक्रम रहेको छ ।
बुधबार मात्र ३ सय भन्दा बढी पर्यटकहरूलाई स्वागत, सत्कार गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ । योसगैँ पर्यटन व्यवसायीहरू जिल्लाका सम्भावित पर्यटकीय स्थलको सम्भावनाको संघन खोजीमा जुटेका छन् ।
मधेश कै उच्च मानिएको राई मण्डल तथा चनौटे डाडामा केवुलकार तथा जिप लाइनको सम्भावनासहित थप सम्भाव्यता अध्ययन गरिनु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको निष्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार