विश्व हिन्दू परिषद्ले गौहत्याको विरोधमा जनकपुरधाममा विरोध र्याली गर्दै
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:३७:३५
१२ असोज, काठमाडौं । गौहत्याको विरोधमा आज मधेश प्रदेशको जनकपुरधाममा विरोध र्याली निकालिँदैछ । र्यालीको आयोजना विश्व हिन्दू परिषद्ले गर्ने भएको छ । र्याली जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको नेतृत्वमा निकालिँदैछ । र्यालीपछि विरोधसभा गरिनेछ ।
देशका विभिन्न ठाउँमा गौ (गाई) हत्या भइरहँदा पनि दोषीलाई कारवाही नगरेर सरकार मूक दर्शक बनेको भन्दै सरकारको ध्यानाकर्षणका लागि विरोध र्याली गर्न लागेको परिषद्ले जनाएको छ । गौ हत्यामा संलग्नलाई कारवाहीको माग परिषद्ले गरेको छ ।
मुलकुमा गाई राष्ट्रिय जनावरको रुपमा मानिएको छ भने, हिन्दू धर्मालम्बीहरुले गाईलाई माता मान्दै आएका छन् । गाई मात्र नभई गोरुलाई चाेटपटक पुर्याउन, मार्न संविधानले निषेध गरेको छ । त्यस्ता कार्य गर्नेलाई क्षतिपूर्ति भराउने र जेल सजाय समेत हुने व्यवस्था छ । धरान, खोटाङ लगायत जिल्लाका विभिन्न स्थानमा मुख्य गरी क्रिश्चियन धर्म मान्नेहरुले गोरु काटेर सामूहिक भोज खुवाउने र मासु भाग लगाउने घटना भएको मानिएको छ । भोजसहितका भिडियोहरु सामाजिक संजालमा आएपछि हिन्दू धर्मावलम्बीहरू जागरूक भएका छन् । भिडियाेका आधारमा प्रहरीले केही आरोपीलाई पक्राउ गरी अनुसन्धान समेत गरिरहेको छ ।
यसअघि गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायत जिल्लामा गाई मारेको अभियोगमा दर्जन मानिस जेल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिङ्गो बस्ती नै शौचालयविहीन !
माघ ७, २०८१ सोमबार
नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो
माघ ६, २०८१ आइतबार
मिरोज अहमदले अखिल 'क्रान्तिकारी' केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरे
माघ ६, २०८१ आइतबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
वामदेव गौतमको जिम्मेवारी तोक्न एमाले सचिवालय बैठक बस्दै
माघ ८, २०८१ मंगलबार
हेटौँडा उपमहानगरपालिकाद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन
माघ ८, २०८१ मंगलबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार