उच्च राजनीतिक भेटघाटका लागि एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउँदै
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:३९:१५
१२ असोज, काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठमाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।
अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
नेपालमा एमसीसी परियोजना औपचारिक रूपमा सुरु भएपछि अलब्राइट नेपाल भ्रमणमा आउन लागेकी हुन् । एमसीसी परियोजना भदौ महिनाबाट औपचारिक रूपमा सुरु भएको छ । औपचारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेपछि अलब्राइट नेपाल आउन लागेकी हुन् । निकै लामो प्रयासपछि एमसीसी परियोजना सुरु भएकोले कार्यान्वयनको चरणमा प्रवेशपछि अलब्राइटको नेपाल यात्रा महत्वपूर्ण रहेको छ ।
अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।
दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवं कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासको भनाइ छ ।
एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।
एमसीसीमा हस्ताक्षर भएको ६ वर्ष र नेपालको संसदले अनुमोदन गरेको दुई वर्षपछि कार्यान्वयनमा गएर सम्पन्न गर्ने पाँच वर्षे अवधि १३ भदौबाट सुरु भएको छ । तर ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्याको समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।
एमसीसी परियोजना अनुसार नेपालमा ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गरिदैँछ । त्यसमा ८५४ टावर निर्माण हुनेछन् भने मकवानपुरको हेटौँडादेखि काठमाडौंको लप्सीफेदी हुँदै बुटवलसम्म यो प्रसारण लाइनले पुग्नेछ । साथै बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनमा एमसीसी परियोजना अनुसार निर्माण हुने प्रसारण लाइन जोडिनेछ ।
हाल प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा बोलपत्रदाताले अनुमानित भन्दा बढी लागत लाग्ने बताएपछि कार्यान्वयनको पाटोमा समस्या देखिएको छ । एमसीसीको लगानीमा निर्माण हुने भनिएको ३१५ किलोमिटर प्रसारण लाइन आयोजनाको ठेकेदार छनोटमा नै समस्या देखिएको छ ।
प्रसारण लाइन र सडक स्तरोन्नति लगायतका एमसीसीको अनुदानमा बन्ने आयोजनामा बोलपत्रदाताले उच्च दरले बोलपत्र दिएकाले उनीहरू मध्ये कसलाई छनोट गर्ने वा नगर्ने भन्नेमा कठिनाइ उत्पन्न भएको छ ।
प्रसारण लाइन निर्माणलाई विभिन्न प्याकेजमा टुक्र्याएर टेण्डर आह्वान गरिएको थियो । यसअघि एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन घोषणाका क्रममा एमसीसीका उपाध्यक्ष क्यामरुन एस अल्फोर्ड पनि काठमाडौं आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार