अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबलमा फाइनल प्रवेशका लागि पर्सा र काठमाडौं भिड्ने
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
असोज १२, २०८० शुक्रबार १२:२२:०
![](https://nepalbahas.prixacdn.net/media/albums/384474502_1017801172744026_7161371576471060680_n_BHhxbe2vYl_7sYt2rQzs0.jpg)
१२ असोज, वीरगञ्ज । बाराको सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । अन्तिम सेमिफाइनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाडौं बीच हुनेछ ।
सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साँझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा कास्कीलाई पराजित गर्दै फ्रिडम फाईटर क्लब काठमाण्डौ र क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई पराजित गर्दै युनिटि भेट्रान क्लब पर्सा सेमिफाईनलमा प्रवेश गरेको हो ।
पहिलो खेलको निर्धारित समयमा ईन्दे«णी एकिकृत विकास केन्द्र पोखरा कास्की र फ्रिडम फाईटर क्लब काठमाण्डौले १–१ को बराबरी गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पोखरा कास्कीलाई ४–३ गोल अन्तरले पराजित गर्दैै फ्रिडम फाईटरले सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो ।
यस्तै दोस्रो खेलमा क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै युनिटि भेट्रान सेमिफाईनल प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत आयोजक सिमरा भेट्रान क्लब यसअघि नै प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । उपाधीको लागी फाईनल भिडन्त भोलि हुदैछ ।
स्व। मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैयाँ पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिए ।
प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाडौं, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगञ्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार