आन्दोलनरत चिकित्सकलाई काममा फर्कन गृह सचिवको आग्रह, अस्पतालमा सुरक्षा टोली खटाउने तयारी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १३:४६:२८
१२ असोज, काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकलाई काम फर्कन आग्रह गरेको छ । आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरूलाई आग्रह गरिएको हो । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रीसहितको उपस्थित गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरूको मागमा सरकार गम्भीर रहेको बताए ।
मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरू आन्दोलनरत छन् । चिकित्सकहरू सडकमा आएको ६-८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिन आग्रह गरे ।
गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको भन्दै उनले अघि भने, ‘स्वास्थ्यकर्मीहरूलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दीर्घकालीन नीतिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।’ सुरक्षित कार्यस्थलको माग गर्दै आवासीय डाक्टरहरूले आन्दोलन जारी राखेपछि विगत चार दिनदेखि मुलुकका विभिन्न अस्पतालमा सेवा प्रभावित बनेको छ ।
बैठकमा आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरे तत्काल आन्दोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा राष्ट्रिय आवासीय चिकित्सक संघका प्रतिनिधिले यस्तो बताएका हुन् ।
मणिपाल घटनामा संलग्न आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन, हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ? दोषी पुष्टि भएकालाई गृह मन्त्रालयले पक्राउ गरोस् हामी तत्काल सडक छोड्छौँ, टिचिङ अस्पताल संघका अध्यक्ष सन्दीप उखेडाले भने । बैठकमा सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा दोषी पुष्टि भएका व्यक्ति जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह गरे ।
जवाफमा गृहसचिव दिनेश भट्टराईले घटनामा संलग्नलाई सरकारले ६ देखि ८ घण्टाभित्र कारबाहीको प्रक्रिया अघि बढाउने बताए । उनले ऐनअनुसार गृह मन्त्रालय अघि बढिरहेकाले चिकित्सकलाई आन्दोलनबाट फिर्ता भएर नियमित सेवामा फर्किन आग्रह गरे ।
असोज ९ गतेदेखि ’स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को अगुवाइमा विभिन्न मागसहित आन्दोलन भइरहेको छ । पछिल्लो समय पोखरास्थित मनिपाल, चितवनस्थित माडी, मकवानपुरको हेटौंडास्थित सञ्चो, लमजुङ जिल्ला अस्पतालमा डाक्टरहरूमाथि आक्रमण भएको थियो ।
डाक्टरहरूले बलियो कानुन बनाउन सरकारसँग माग गरेका छन् । डाक्टरहरूमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनअनुसार कडा कारबाही गरिनुपर्ने अडानमा उनीहरू छन् । ’स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ ले बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मागबारे जानकारीसमेत गराइसकेका छन् ।
यता, सरकारले पनि सुरक्षाको दृष्टिकोणले अस्पतालमा सुरक्षाकर्मी खटाउने तयारी गरेको छ । हाललाई सुरक्षाकर्मीको अवस्था हेरी कम्तिमा ५ जनाको टोली खटाएर सुरक्षा दिने तयारीमा सरकार रहेको बताइएको छ । बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वस्थ्यमन्त्री मोहनबहादुर बस्नेतबीच सुरक्षाकर्मी तैनाथ गर्ने बारे छलफल भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार