छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड, सिचुआन प्रान्तीय सचिव सियाओसँग भेटवार्ता हुने
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १३:५८:४९
१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको छेन्दु पुगेका छन् । तिब्बतको मुख्य शहर ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् ।
छेन्दुमा उनलाई सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे ।
छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रचण्ड आज सियाओले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनले बुधबार तिब्बतको कैलाश मानसरोवरको भ्रमण गरेका थिए । सोही दिने उनले ल्हासास्थित निर्वासनमा रहेका दलाइ लामो पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।
प्रचण्डसँग उनका स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एन पी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू छन् ।
तिब्बतबाट स्वदेश फिर्ता हुने कार्यक्रम छ । गएको भदौ ३० मा संयुक्त राष्ट्रको ७८औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । त्यसपछि असोज ५ मा त्यतैबाट सिधै ८ दिने चीन भ्रमणका लागि चीन पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार