एमाले बागमती कमिटी चयनका लागि मतदान जारी, अध्यक्षमा ढुंगेल र दाहालबीच भीडन्त
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १४:१२:२२
२१ असोज, काठमाडाैं । नेकपा (एमाले) बागमती प्रदेशको नयाँ कमिटीले चयनका लागि ललितपुरको च्यासलमा मतदान जारी छ । अधिवेश सुरु भएको पाँचौं दिनमा आज बल्ल मतदान सुरु भएको हो ।
सहमतिको प्रयास गर्दैमा चार बिताएको एमाले बागमती कमिटी निर्वाचन मण्डलले अध्यक्ष पदका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको अन्तिम उम्मेदवारको रुपमा नामावली प्रकाशन गरेको छ । मतदान विद्युतीय मेशिनबाट भइरहेकाे छ ।
यसअघि अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेकामा केन्द्रीय नेताहरुको दबाबमा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज बिहान ८ बजे मतदान सुरु गर्ने भनिएपनि १ बजे मात्र मतदान सुरु भएको हो । अहिलेसम्म ४० प्रतिशत मतदान भएको बताइएको छ । निर्वाचनमा १ हजार १ सय ७४ मतदाता छन् । आजै अन्तिम परिणाम आउने दाबी गरिएको छ ।
एक उपाध्यक्ष पदका लचागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी ४ जना मैदानमा छन् । सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन् । दुई उपसचिवका लागि १० जना प्रतिस्पर्धामा छन् । महिला उपसचिवमा भक्तिमाया लामा रिता गौतम ढकाल प्रतिस्पर्धामा छन् । खुला १७ सदस्यमा ३४ जनाबीच प्रतिस्पर्धा चलिरहेको छ ।
अध्यक्षमा ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाललाई उपाध्यक्षा विष्णु पाैडेलले साथ दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार