जनकपुरधामको खाद्य तथा पोषण कार्यालयमा किसानहरूले गरे तालाबन्दी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १५:४३:९
१२ असोज, काठमाडौं । जनकपुरधामस्थि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको क्लस्टर ईकाइमा कार्यालय प्रमुखसहितको मिलेमतोमा व्यापक अनियमितता भएको भन्दै किसानहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले कार्यालय प्रमुख कुशेश्वर झा लगायत ५ जनाको सरुवाको माग गरेका छन् ।
शुक्रबार तालाबन्दी गर्दै कार्यालय प्रमुख झा, अधिकृत रितेश झा, कृषि टेक्निनिसियन विवेक आचार्य, पशु टेक्निसियन जागेश्वर महतो र पशु प्राविधिक वीरेन्द्र दासको सरुवाको माग गरेका छन् । खाद्य तथा पोषण सुधार आयोजना कलस्टर इकाई जनकपुरधामबाट धनुषाका दुई र महोत्तरीका २ गरी कुल ४ वटा पालिकामा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
अनियमितताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिँदा बेवास्ता भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । अनियमिततामा संलग्नको सरुवा गरी कारवाही नभएसम्म तालाबन्दी नखोल्ने उनीहरुको अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान : कामपा
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार