सम्झौता र समझदारीले नेपाल र चीनबीचको सम्बन्ध विकासमा नयाँ उचाइ थपिएकाे छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १७:५०:३९
१२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छेन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेका छन् ।
सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष समेत रहेका वाङ सिन्हुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीसँग विशेष भेटवार्ता गरेको हो ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी वक्तव्यको स्मरण गर्दै छुङकिङ, तिब्बत, सिचुवानको भ्रमणका क्रममा भएका भेटवार्ताले दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । आगामी दिनमा दुवै देशले सहमति र सम्झौता कार्यान्वयनमा जोड दिनुुपर्ने बताए । नेपालको तर्फबाट कार्यान्वयनमा कुनै किसिमका समस्या नहुने विश्वास समेत व्यक्त गरे ।
सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र प्रचण्ड नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरेका थिए । उनले नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।
आठ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि छेन्तुबाट नेपाल फर्किने कार्यक्रम तय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार