काेशीकाे अधिवेशनमा ओलीले भने- एमालेविरुद्ध घेराबन्दी भइरहेको छ
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १८:५:३७
१२ असोज, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । आज पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पार्टीविरुद्धकाे घेराबन्दी ताेडेर राष्ट्रिय एकता कायम गराउन आवश्यक रहेको बताए ।
उनले सम्बोधन क्रममा कोशी प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्न सके राम्रो हुने बताए । उनले कतिपय कुरा नेताको इसाराले टुंगो लगाउने बताउँदै इसारामा ध्यान दिनुपर्ने बताए । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा मुख्यप्रतिस्पर्धी छन् ।
उनले विरोधीले अधिवेशनमा चुनाव भयो भने मिलाउन सकेनछन्, सहमति भयो भने नेताले पेलेर प्रतिस्पर्धा हुनै दिएनन् भन्ने आरोप लागेको बताए । विरोधीहरुको कुरा नसुनेर पार्टीको विधि र विधानबमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिए ।
उनले एक प्रसंगमा वर्तमान गठबन्धन सरकार अपराधीलाई संरक्षण दिने र जनताका समस्यालाई बेवास्ता गर्ने सरकार भएको आरोप लगाए । यसमा गठबन्धनका मुख्य दल नेपाली कांग्रेसले सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्ड संसद बैठक रोकेर लामो समय विदेश भ्रमणमा निस्कनु उचित नभएको टिप्प्णी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार