निशेधाज्ञा लिएर बसेका अभिनेता केसीलाई मिलापत्र गर्न बोलाउँदा उल्टै प्रहरीलाई धम्क्याएपछि गरियो पक्राउ
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १८:१५:२७
१२ असोज, काठमाडौ । अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले शुक्रबार साँगाबाट उनलाई पक्राउ गरेको हो ।
अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएपछि प्रहरीलाई नै धम्क्याउँदै आएका थिए । उच्च अदालत पाटनले बुधबार देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको भन्दै पक्राउ नगर्न आदेश दिएको थियो ।
उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रचलित कानून बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको थियो ।
१० लाख रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको पाइएको छ । रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।
त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको बताए ।
‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरू गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका‚ प्राविधिक टोलीलगायतलाई निर्माता पक्षले १ करोड पाँच लाख रुपैयाँ बाडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडितपक्ष उजुरी लिएर प्रहरीमा आएको थियो‚’ उनले भने‚ ‘त्यसपछि केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै उनले जे गर्नु छ गरे हुन्छ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार