कोशी एमालेमा ओली र विद्याको छुट्टै समूह : खतिवडा–ढकाल भिड्दै
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १८:३०:५६
१२ असोज, काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घनश्याम खतिवडाको नाममा सहमतिका लागि प्रयास सुरू गर्न निर्देशन दिएका छन् । बिहीबार रातीबाट खतिवडालाई सर्वसम्मत गराउन सहमतिको प्रयास थालिएको भए पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका विनोद ढकालले आफ्नो दावी छाडेका छैनन् ।
कोशी प्रदेशको अधिवेशन आज दिउँसोबाट सुरू भइसकेको छ । जसमा खतिवडा र ढकाल भिड्ने तयारीमा लागेका छन् । नेतृत्वका लागि अहिलेका अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहित ४ जना दाबेदार देखिएका छन् । एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा आकांक्षी भए पनि खतिवडालाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको छ ।
एमाले कोशी प्रदेश अधिवेशन प्रचार प्रसार उपसमितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिएपनि सर्वसम्मत हुने संभावना निकै न्यून रहेको छ । कोशी प्रदेशको अधिवेशनमा ९९७ जना प्रतिनिधि छनोट भएर अधिवेशनमा सहभागी छन् । जसमा ३१७ जना महिला रहेको कोशी प्रदेशले जानकारी दिएको छ ।
भूगोल र जन सङ्गठनबाट छानिएका प्रतिनिधिको ५ प्रतिशत थप प्रतिनिधि मनोनीत गर्ने भनिए पनि अहिलेसम्म मनोनयन हुन सकेको छैन । विवादका कारण प्रतिनिधि मनोनयन हुन नसके पनि प्रदेश अधिवेशनमा जम्मा प्रतिनिधि १०५० हुने बताइएको छ ।
अन्य प्रदेशमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनौट भइरहँदा कोशीमा मात्रै सर्वसम्मत नेतृत्व छनौट गर्न ओलीको चर्को निर्देशन रहेको छ । पूर्व राष्ट्रपति भण्डारीले ढकाललाई अध्यक्ष बनाएर ल्याउन आफू पक्षका नेताहरूलाई आग्रह गरेकी छिन् । भीम आचार्य, शेरधन राई लगायतका नेताहरू ढकालको पक्षमा लविङ गरिरहेका छन् ।
कुनै बेला अध्यक्ष ओलीनिकट मानिने ढकाललाई यसपटक ‘ग्रीन सिग्नल’ नमिलेपछि पूर्व राष्ट्रपतिको कित्तामा पुगेका हुन् । अध्यक्षले अघि बढ नभने पनि ढकालले निक्कै अगाडिदेखि प्रदेश अध्यक्षको तयारी गरेकाले उनी हट्ने संभावना नरहेको स्रोतको दावी छ । ढकालले आफू निकटसँग असोजको ५ गते नै केन्द्रीय सदस्यबाट राजीनामा दिएर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएको भए पनि अहिलेसम्म केन्द्रीय सदस्यबाट राजीनामा दिएका छैनन् । उनी अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।
खतिवडा मोरङ एमालेमा पुराना र इमानदार नेताको रुपमा परिचित छन् । अहिलेका अध्यक्ष न्यौपानेले अधिवेशनबाटै नेतृत्वमा आउने चाहना व्यक्त गरेका छन् । तर, उनलाई केन्द्रीय सदस्य बनाउँदै संखुवासभा इन्चार्जमा व्यवस्थापन गर्ने तयारी गरेकाले ढकाललाई साथ दिएर व्याक हुने संभावना रहेको छ । एमाले स्रोतका अनुसार सचिवमा पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले दाबी गरेका छन् । उपाध्यक्षमा भने अहिलेका उपाध्यक्ष टीकाराम चेम्जोङ्गलाई नै दोहोर्याउने तयारी छ । उपसचिवमा शैलेश लामालाई नै जिम्मेवारी दिने तयारी भएको स्रोत बताउँछ । ढकालले भने अहिलेसम्म प्यानल बनाइसकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार