सुर्यज्योतिले दियाे कर्पोरेट मिटमा कर्मचारीहरूलाई व्यक्तित्व विकास सम्बन्धी तालिम
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार २३:७:२
१२ असोज, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ। कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथिमा सो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।
उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ विषयवस्तुमा प्रस्ट पार्दै सम्पूर्ण सहभागीहरूलाई विस्तृत रुपमा सबै कर्मचारीहरूले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धी मार्ग निर्देश गरेका थिए।
कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बिके रमण नेपालीले सहभागीहरूलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए।
प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सूचकहरूमा अब्बल हुँदै आइरहेको बताउँदै कम्पनीको दूरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तदारुकताका साथ परिमार्जित गर्दै लैजाने पनि जानकारी गराए।
साथै कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरूको व्यक्तित्व विकास र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिँदै जाने र नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरू अनिवार्य पालना गर्नु पर्नेमा ध्यानाकर्षण गराए।
कार्यक्रममा सहभागी कर्मचारीहरुले दैनिक कार्यतालिकाबाट बाहिर निस्केर यस प्रकारको कार्यक्रममा सहभागी हुन पाउँदा उत्साहित रहेको र आफूलाई थप जोश जाँगर तथा आत्मविश्वास बढेको सुनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार