सीजीनेटद्वारा सुदृढ ईन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक
तीन गुणा गति, क्याशब्याक र सीजी स्मार्ट टिभीका लगायतका अफर
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार २३:४२:१
१२ असोज, काठमाडौं । आधुनिक जीवनका लागि आजको डिजिटल यूगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख ईन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ ।
नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ । सीजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।
साथै योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२,८५९ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी, रु. २२६४४मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन् ।
सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५ सय सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।
सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ ।
उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार