बीमकका प्रदेश तथा शाखा प्रमुख र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार २३:५३:०
१२ असाेज, काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट आज पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू तथा बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
अध्यक्ष सिलवालले भने, “मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरू बढाउँदै लानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू संचालन गर्नुपर्छ, बीमा बजारका नयाँ नयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।” अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूको गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताए । कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्य तथ्य विवरण नदिई गलत तथ्याङ्क दिने कम्पनीहरूलाई कानून बमोजिम कारबाही गरिने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल 'अधिकारी' ले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिदै प्रोपर्टी ट्यारीफ रेट सम्बन्धी विषयलाई बीमकहरूको सुझाव लिएर सम्बोधन गरिने जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश कार्यालयलाई अधिकार प्रत्यायोजन नभएको, अस्वस्थ प्रतिस्पर्धाका कारण बीमा बजारमा समस्या उत्पन्न भएको, नयाँ सर्भेयरलाई पर्याप्त काम नदिइएको लगायतका गुनासाहरू राखेका थिए।
यसैगरी, बीमा कम्पनीहरू नगदरहित कारोवारतर्फ अघि बढ्नुपर्ने, बीमा सर्भेयरले तोकिएको समयमा नै रिपोर्ट बुझाउनुपर्ने, साना साना बीमा दाबी भुक्तानी प्रदेश कार्यालयबाट नै हुनेगरी अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न नेपाल बीमा प्राधिकरणले ठोस कदम चाल्नुपर्ने, वास्तविक बीमा दाबीको भुक्तानी समयमा नै दिनुपर्ने लगायतका विचार सहभागीहरूले व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवार, नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएन, पोखराका पदाधिकारी, बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुखहरू र बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
मंसिर २४, २०८१ सोमबार
राष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार