खोकनामा तोरी पेल्ने कोल लोप हुँदै
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार ८:३८:५२
१३ असोज, ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् ।
अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् ।
नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मेहनत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।
हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या : सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल छन् । अहिले गाबु ज्या : सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ ।
गाबु ज्या : सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउछन् । उनले भने, “मेरो बाल्य अवस्थामा यो मिल २४सैँ घण्टा सञ्चालन हुन्थ्यो । कारणवस यो कोल विसं २०४० देखि बन्द अवस्थामा रहेको थियो । ऐतिहासिक रुपमा रहेको उक्त कोललाई मर्मत गरेर विसं २०६९ मा जिम्मा लिएर सञ्चालन गरेको छु ।”
हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ । मौलिकतालाई बचाउनको लागि ललितपुर महनगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ । उनका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई निर्माण हुने तयारीमा छ ।
नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ । खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास रही आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार