नेपाल वेयरहाउजिड्ग कम्पनीले पायाे धितोपत्र निष्कासन गर्ने अनुमती
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार ८:५९:३६
१३ असोज, काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा सर्वसाधारणका लागि १३ लाख ६ हजार कित्ता साधारण शेयर स्वीकृत प्राप्त गरेको छ । अङ्कित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको हो ।
पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याई बाँकी रहेको सर्वसाधारणहरूको लागि निष्कासन गर्नेछ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरी संचालनमा ल्याएको र कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको र सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले बताएको छ।
खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु नै कम्पनी संस्थापन गर्नुको मुख्य उद्देश्य रहेको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार
दैलेख जिल्लाका विभिन्न डाँडा पाखाको दृश्य
पुष १४, २०८१ आइतबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार