भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, प्राधिकरणले सवा घण्टाअघि बिडिङ गर्न पाउने
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार १४:१:५५
१३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को ‘रियल टाइम मार्केट’मा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत बिक्री गर्न पाउने भएको हो ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आज मात्रै रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउनेछ ।
भारतको विद्युत मन्त्रालयले गत १५ साउनमा विद्युत आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९ दशमलव चार मेगावाटको तल्लो मोदी र २४ दशमलव २५ मेगावाटको काबेली बी१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।
यी दुवै आयोजनाको विद्युत अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति आज सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकामा दुई आयोजनाको विद्युत डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गरे ।
यसअघि प्रतिस्पर्धी बजारबाट विद्युत आयात निर्यातका लागि एक दिन पर्खनुपर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौँ, यसले अचानक विद्युत उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत खरिद बिक्री गर्नसक्ने अवस्था निर्माण भएको छ, अधिकारीले भने ।
उनले डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रा लागि नयाँ अनुभव र उपलब्धि भएको बताए । यसबाट विद्युत व्यवस्थापनमा सहजता आउनुका साथै दुई देशबीचको विद्युत व्यापारमा नयाँ इँटा थपिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौता बमोजिम करिब एक सय १० मेगावट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई एक सय १० मेगावट गरी छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौमा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार