एक भारतीय जसको पेटमा भेटियो सिक्का नटबोल्टसहित सयौं समान: शल्यक्रिया सफल, अवस्था चिन्ताजनक
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार २०:२४:२२
१३ असोज, पञ्जाब । नट बोल्ट, सेफ्टी पिन, लकेट, राखी, इयरफोन, स्क्रू खान मिल्छ ? यो प्रश्नको जवाफ ‘मिल्दैन’ भन्ने अवश्य आउनेछ । तर पञ्जाबको मोगाबाट यस्तो अचम्मको घटना बाहिर आएको छ, जसले सारा विश्वको ध्यान तानेको छ ।
वास्तवमा मोगाका ३५ वर्षीय कुलदीप सिंह दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार गराए पनि राहत मिलेन । मंगलबार '२६ सेप्टेम्बर' जब उनी अस्पताल गएका थिए तब मोगाको मोगा मेडिसिटी अस्पतालमा चिकित्सकले कुलदीपको एक्स–रे गरे पछि छक्कै परे ।
एक्सरे रिपोर्टमा त बिरामीको पेटभित्र विभिन्न किसिमका वस्तु देखेर उनीहरु छक्क परे । अस्पतालका निर्देशक अजमेर सिंह कालराले एक्सरे गरे पछि पेटभित्र लकेट, चेन, नट, बोल्ट, इयरफोनलगायत अन्य धेरै वस्तु भेटिएको बताए । ‘त्यसपछि हामीले उनको शल्यक्रिया गर्ने निर्णय गर्यौं,’ उनले भने ।
कुलदीपले सेफ्टी पिन, म्याग्नेट, शर्टको बटन र जिपलगायत अन्य सामान खाएको देखिन्छ। करिब तीन घण्टासम्म चलेको उक्त शल्यक्रिया शल्य चिकित्सक अनुप हाण्डा र ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. विश्वनुर कालराले गरेका थिए ।
कुलदीपलाई पिका डिसअर्डर रहेको डा. कालराले बताए । पिका एक खाने विकार हो, जसमा एक व्यक्तिले चीजहरू खान्छन, जुन सामान्यतया खाना मानिदैन। धारिलो वस्तु खाएकोले उनको पेटमा गहिरो चोट लागेको थियो । शल्यक्रिया सफल भए पनि उनी भेन्टिलेटरमा छन र अवस्था चिन्ताजनक छ ।
बिरामीका आफन्तलाई आफूले गैर खाद्य पदार्थ सेवन गरेको थाहा नभएको जनाएका छन । तर, डा ईश्वर कलबुर्गीले उनले आफू मानसिक समस्याबाट पीडित रहेको बताएका थिए । उनी विगत दुई–तीन महिनादेखि यी सिक्का निलिरहेका थिए अनि वान्ता र पेट दुख्ने समस्या भए पछि मात्रै अस्पताल आएका थिए ।
‘उनको लक्षणका आधारमा हामीले उनको एक्सरे गर्यौं। एक्स–रे र एन्डोस्कोपी गरे पछि पेटमा सिक्का भेटियो त्यसपछि हामीले उनको अपरेशन गर्ने निर्णय गर्यौं। पेट एकदमै फुलेको थियो । पेटका विभिन्न ठाउँमा धेरै सिक्का अड्किएका थिए । दुई घण्टाको शल्यक्रियापछि हामीले सबै सिक्का निकाल्यौं। अहिले बिरामीको अवस्था स्थिर छ’ निर्देशकले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार