सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार २१:२२:३२
१३ असोज, काठमाडौं । सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।
दुई पक्षबीच ५ घण्टा लामो वार्ता भएको थियो । पोखराको मणिपाल अस्पताल, लमजुङ अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोधमा देशभरका स्वास्थ्यकर्मी ५ दिनदेखि आन्दोलनमा थिए । उनीहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आन्दोलनमा सहभागिता जनाएका थिए । उनीहरुले दोषीलाई कारबाही र स्वास्थ्यकर्मी सुरक्षाको सुनिश्चितता हुने माग अघि सारेका थिए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सहमति सरकार र आन्दोलनरत पक्षबीच भएको छ । मणिपाल लगायत स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारले प्रतिबद्धता जनाएको छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने सहमतिपत्रमा उल्लेख छ । सोही ऐनबमोजिम दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
ऐन संशोधन गर्न एक साताभित्र स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ । स्वास्थ्यकर्मीहरुले कुटपिटमा संलग्न व्यक्तिलाई कम्तीमा ३ वर्ष जेल सजाय हुनुपर्ने माग राखेका थिए । गृहमन्त्री श्रेष्ठले सम्झौता सम्झौताका लागिमात्र नभएर सरकारले कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।
हेर्नुहोस् सहमति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार