भीरकोट नगरपालिकनद्धारा दुई सडकलाई प्राथमिकता
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार ११:३२:४६
♦ प्रकाश डोटेल
१४ असोज, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेको छ । स्याङ्जा र पर्वत अन्तर जिल्ला तथा भीरकोट र बिरुवा जोड्ने अन्तर पालिका सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेको हो ।
सघन शहरी विकास कार्यक्रम अन्र्तगत प्राप्त २० करोड बजेटबाट पूर्वाधर तर्फ बयरघारी–मोहनडाँडा पुलिभञ्ज्याङ हुँदै स्याङ्जा र पर्वत जिल्ला जोडिने सडक तथा बयरघारी–बानेथोक हुँदै बिरुवा पालिका जोडिने सडकलाई प्रथामिकतामा राखेको नगरपालिकाले जनाएको छ । दुबै सडकलाई झण्डै ७ करोड बजेट विनियोजन गरेको छ ।
“आर्थिक वर्ष २०७९/०८० मा अन्तर जिल्ला र पालिका जोड्ने उक्त सडक अन्र्तगत करिब ६ किलोमिटर पक्की तथा ढलान गरिएको थियो ।” नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले भने, “चालु आर्थिक बर्षमा समेत झण्डै ७ किलोमिटर पक्की तथा ढलान गर्ने लक्ष्य लिएका छौं ।”
शहरी विकास कार्यक्रमबाट करिब ७ करोड बजेट विनियोजन गरेको नगरपलिकाले स्याङ्जा–पर्वतको २३ र भीरकोट–बिरुवा २० किलोमिटर सडकलाई आन्तरिक श्रोतबाट ६ करोड बजेट सुनिश्चित गरेको छ । प्रदेश सरकारको समपुरक शिर्षकबाट मोहनडाँडा–पोखरेलाई ८० लाख, हेलु–खिलुङ्लाई ८० लाख र दार्सिङ्–जगतपुर केघा सडकलाई ८० लाख विनियोजन गरिएको छ ।
नगरपालिकाको बजार क्षेत्रका झण्डै सबै सडकहरु कालोपत्रे गरेको भीरकोट नगरले अन्तर जिल्ला र पालिका जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताए । दुबै सडक मार्फत विशेष गरी कृषि तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको ढुङ्गानाले सुनाए ।
नगरको मुकाम भू–भागका सबै सडकहरु नगद लागत साझेदारीमा सरकारको ७० र नागरिकको ३० प्रतिशत लगानीमा नगरपालिकाले कालोपत्रे गरेको हो । नगरपालिकाले प्रत्येक वडामा निर्वाध रुपमा बाह्ै महिना सवारी साधन संचालनको पूर्वाधार तयार समेत गरेको छ ।
सडकलाई प्राथमिकतामा राखेको नगरपालिकाले सघन शहरी विकासको बजेटबाट आँधीखोला किनारमा निर्माणाधिन मन्दिर सहितको ताल र पार्क निर्माणमा झण्डै ४ करोड बजेट विनियोजन गरेको छ । नगर क्षेत्रबाट संकलित फोहोर प्रशोधन परिसरमा निर्माण गरिएको ताल तथा पार्क चालु बर्षमै निर्माण सक्ने तयारीमा नगरपालिका रहेको छ ।
संघीय विशेष अनुदान मार्फत आँधीखोला नदी नियन्त्रणमा ३ वर्षका लागि ५ करोड २ लाख बजेट विनियोजन भएको सुनाउँदै नगरका योजना अनुगमन तथा कार्यक्रम अधिकृत यामप्रसाद रेग्मीले भने, “नगरपालिकाले चालु आर्थिक वर्षमा नदी नियन्त्रण तर्फ १ करोड १५ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।”
नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ७८ करोड ८२ लाख १६ हजार कुल बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५८ करोड १५ लाख १६ हजार चालु खर्च र २० करोड १७ लाख पुँजीगत खर्च छुट्टाएको छ । विनियोजित बजेट मध्ये स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ठूलो हिस्सा खर्च हुने नगरपालिको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार