किसान र कांग्रेसलाई छुट्याएर हेर्न नहुने कुरामा सुनसरी कांग्रेस नेताहरुको जोड
यज्ञप्रसाद भट्टराई
असोज १४, २०८० आइतबार १२:२१:४०
१४ असोज, काठमाडौं । नेपाल किसान महासंघ सुनसरी जिल्ला अन्तर्गत इनरुवा नगर समितिको भेलाले किसान नेता हरिप्रसाद मेहताको अध्यक्षतामा नेपाल किसान महासंघ नगर तदर्थ समिति गठन भएको छ । किसानको जिल्ला भनेर चिनिने सुनसरी जिल्ला पुर्वमा किसान नेताहरुको बाहुल्यता रहेको जिल्ला पनि हो । यहिवाट नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले राजनीतिक जीवनयात्रा शुरु गरेको हो ।
अहिले किसानहरुमा धान बाली भित्र्याउने चटारो समेत छ । अगुवा रोपाई गरेका किसानका खेतमा पाकेको धानबाली लहलहाई रहेको छ । बेमौसमी रुपमा आएको हावाहुरी सहितको बर्षाले किसानको पाकेको धानबालीमा क्षति पुर्याएको बिषयमा पनि आजको किसान भेलामा चर्चा गरिएको थियो ।
नेपाल किसान महासंघ सुनसरी जिल्लाले आफ्ना गतिविधिलाई तिव्रता दिनुमा नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशब भट्टराईको महत्वपुर्ण सहयोग र सल्लाह हुनु नै हो । २०३६ सालदेखि सुनसरी जिल्लालाई आफ्नो राजनीतिक थलोका रुपमा कृयाशिल भट्टराई कोइराला परिवारका अत्यन्तै निकट र विश्वासपात्र समेत हुन ।
आजको भेलाले किसान महासंघका अन्य सदस्यहरुमा दिपेन्द्र मेहता, पुण्डेश्वरी पोखरेल, लखन मेहता, प्रभुनारायण पंडित, शिवा सदा, हृदय नारायण चौधरी, बेचु मेहता, वुवु मण्डल, सावित्री विश्वकर्मा, फागुलाल सरदार, सत्य नारायण मेहता, जुद्ध नारायण सिँह, सनिता सदा, महेश मेहता, धनेश्वर खत्वे, खलिल मियां र हरि यादव रहेको बताईएको छ ।
आजै नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रामबृक्ष मेहताको समन्वयमा सुनसरी जिल्ला क्षेत्र नं ३ ९ख० मा महासंघ सभापति लक्ष्मी नारायण चौधरी, क्षेत्र नं २ का उपसभापतिमा राजु मेहता, जिल्ला सदस्यमा अरविन्द चौधरी, ऋषिराम सुवेदी, त्यस्तै क्षेत्र २९ख० मा सचिवमा सन्तोष कुमार दास र बर्जु गाँउ पालिका सभापतिमा पर्शुराम यादव लाई सम्बन्धीत सभापति हरुले मनोनित गरिएको छ ।
आजको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, जिल्ला सचिव वीरेन्द्र शाह, समन्वय सभापति राजन मेहता नेपाल किसान महासंघको सुनसरी सभापति रामवृक्ष मेहता, किसान नेता केदार पोखरेल, गेहेन्द्र चन्द्र ढुंगेल लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित कांग्रेस नेताहरुले किसान र कांग्रेसलाई छुट्याएर हेर्न नहुने बताउँदै किसानका समस्यामा एकजुट भएर सुनसरी कांग्रेसले महासंघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफू विरामी भएर कार्यक्रममा उपस्थित हुन नसक्नु भएका कांग्रेस नेता तथा महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले कार्यक्रम सफलताको शुभकामना पठाएको महासंघका जिल्ला अध्यक्ष रामबृक्ष मेहताले बताए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार