सिनामंगलस्थित केएमसीका डाक्टर कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलनमा, कुटपिट गर्नेमध्ये एक जना पक्राउ
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार १४:४६:५९
१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकमा हातपात भएको छ । बिरामीका आफन्तले उनीमााथि कुटपिटसमेत गरेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुनः डाक्टरमाथि हातपमात भएको हो ।
केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन सुरु गरेका छन् । केएमसीका अनुसार ओपीडीमा कार्यरत एक इन्टर्न माथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् ।
इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गरेका थिए । चिकित्सकलाई जोगाउन गएकी एक महिला कर्मचारीमा पनि हातपात गरेका छन् ।
चिकित्सकमाथि हातपात गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरु ३ जना फरार भएका छन् । केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।
घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजीमा निस्किएका छन् । उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार