अमेरिका र चीनमा भएका उच्चस्तरका द्विपक्षीय वार्ता व्यापार र लगानीका लागि महत्वपूर्ण छन्ः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार १५:७:१०
१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको बताए ।
प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताए । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको प्रधानमन्त्रीले बताए ।
नेपालमा द्दन्द्दबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तराष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अति कम विकसित मुलुकहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन समेत नेपाल सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदलाई आफनो भ्रमणबारे जानकारी गराएका हुन् ।
उच्चस्तरमा भएको दिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने र नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले भने, ‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’
प्रधानमन्त्री प्रचण्डले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार