बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार १७:३३:४५
१४ असोज, धादिङ । बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ । नेत्रावती डबजोङ गाउँपालिका–४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेकोमा उनलाई आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको र घटना भएको दिन पनि सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थियो । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार