अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा छाड्ने तयारी
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार २०:४८:४१
१४ असोज, काठमाडौं । अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा छाड्ने तयारी भएकाे छ । उनलाई आइतबार राति नै छाड्ने तयारी भएको जिल्ला प्रहरीले जनाएकाे छ ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागेको बताइएकाे छ । प्रहरीका अनुसार कुनै अभियुक्तलाई हिरासतमा राख्नुपर्ने तीनवटा कारण हुन्छन् ।
एउटा, अर्को अपराध गर्न सक्छ, दोस्रो, अपराधको प्रमाण मेटाउन सक्छ र अर्को, फरार हुन सक्छ । अनमोलको हकमा तीनवटै सम्भावना नदेखिएकाले छाड्न लागिएको प्रहरीले जनाएकाे छ । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभभावकको जिम्मा लगाउने तयारी छ ।
आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। 'रावायण' फिल्म खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।
फिर्ता नगरेपछि निर्माताले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो।
शुक्रबार पक्राउ परेका केसीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। तीन दिन म्याद पाएकाले केसीलाई सोमबार पुन: अदालतमा उपस्थित गराउनुपर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार