पर्यटकको आकर्षण ‘रिमिघा लेक’
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १७:२४:४५
बेझाड । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पिपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ । लेक समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको छ ।
यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बहेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।
ताहुँमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ । पूर्वपट्टी फोक्सिङकोटको झोकेदी, पश्चिपट्टि पिपलडाँडाको माथिल्लो घोङसिङ, उत्तरतर्फ फोक्सिङकोटको बोरोङसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ ।
यहाँ पाल्पा, स्याङ्जालगायतका विभिन्न स्थानका आन्तरिक पर्यटक घुमफिर गर्न तथा वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।
पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका निम्ति वैशाखभित्रमा यहाँ रिमिघा महोत्सव आयोजना गर्ने गाउँपालिकाले तयारी गरिरहेको छ । महोत्सवमा प्रसिद्ध रम्भादेवी मन्दिरको दर्शन गरेर रिमिघा लेकसम्म पर्यटक भित्र्याउने लक्ष्य छ ।
रिमिघा लेकको तल्लो भागमा ३०० मिटर जति सडक जोडिन बाँकी रहेकाले अहिले सडक बनाउने काम भइरहेको छ । तल्लो भागसम्म सडक जोड्ने र त्यहाँबाट १० मिनेट जति रिमिघा लेकसम्म पुग्न पैदलमार्ग निर्माण गर्ने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउछन् ।
“सडक नपुगेकाले सडक निर्माणमा जोड दिएका छाँै, रिमिघा लेकको तल्लो भागसम्म सडक जोड्ने काम सकिएपछि, पूर्वाधार विकास निर्माणका काम गर्ने गाउँपालिकाले योजना बनाएको छ”, अध्यक्ष भण्डारीले बताए।
अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिले तपस्या गरेको धार्मिक मान्यता छ । यस क्षेत्रमा खानेपानी व्यवस्थापन, क्रीडास्थल निर्माण, जोगी गुफा जाने बाटो निर्माण, दृश्यावलोकन स्तम्भ निर्माण, मोबाइल टावर निर्माण तथा साहसिक खेल प्याराग्लाइडिङको विकास गर्न सकेको खण्डमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।
विशेषगरी रिमिघा लेकमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकको बढी चहलपहल हुन्छ । यस वर्षको नयाँ वर्षको पहिलो दिन मात्रै करीब छ हजार पर्यटक भित्रिएको बताइएको छ ।
यहाँ दिनहुँजसो विभिन्न स्थानबाट वनभोज आउनेको सङ्ख्या बढ्दो छ । वनभोज र घुमफिर गर्न आउने आन्तरिक पर्यटकलाई मध्यनजर राख्दै यहाँका स्थानीय युवाले खेलकूद, खानेपानी तथा साउण्ड सिस्टमको व्यवस्था गरिदिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार