बेंसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ७:५९:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Dog-1_uSls3uHEHU_Dm9NqIPPKT.jpg)
१५ असोज, लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरूलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।
बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरूको संख्या बृद्धि भई फोहोर प्रदूषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सूचना जारी गरेको हो ।
विशेषगरी कुकुरहरूले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरूमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसाव गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरूमा जथाभाबी रुपमा दिशापिसाव गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले निजी रुपमा पालिएका कुकुरहरूलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरूमा अव्यवस्थित तवरबाट दिशा पिसाब गराउने कार्य बन्द तथा गराउन पनि सोही सूचनामार्फत आग्रह गरेको छ ।
नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ति नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सुचना जारी गरेको हो । सो अवधी भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
सोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार