स्पेनमा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ बेपत्ता
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ८:७:४७
१५ असोज, म्याड्रिड । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया शहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि आगलागी हुन गएको गएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एक जना भाई भने क्लबमा नै बसे । ला वर्डाड डे मर्सिया अखबारका अनुसार मृतकहरू मध्ये उनका काका थिए वा छैनन् भन्ने स्पष्ट छैन।
प्रहरीले यो पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन्। जसका कारण उनीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ, र आगो लगभग ६ बजेवाट सुरु भएको मानिन्छ। तर, करिब १५ घण्टा बितिसक्दा पनि यो के कारणले भएको हो रु भन्ने खुल्न सकेको छैन । तर मर्सियाका मेयर जोसे बालेस्टाले पत्रकारहरूलाई भने कि क्लबको पहिलो तल्लामा आगलागी सुरू भएको थियो।
राष्ट्रिय प्रहरीका डिएगो सेरलले ला फोन्डाको छत भत्किएको बताए, जसले पीडितहरूलाई भेट्टाउन र के भयो भनेर काम गर्न चुनौती पूर्ण बनाएको छ । यद्धपी सो घटनाको सत्य तथ्य पत्ता लगाउने प्रयास जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार