डोनाल्ड ट्रम्प म्यानहट अदालतमा उपस्थिति हुन सक्ने भए पछि सुरक्षा बढाइयो
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ८:१०:११
१५ असोज, वासिंगटन डिसी । अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार न्यूयोर्कमा आफ्नो नागरिक धोखाधडी मुद्दामा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको छ ।
उनी निकट स्रोतहरुका अनुसार ट्रम्प स्वयंम उपस्थित हुने योजना बनाइरहेको सीएनएनले जनाएको छ । कानून प्रवर्तन र अदालतका कर्मचारीहरूले सोमबार र सम्भवतः मंगलबार तल्लो म्यानहट्टनको अदालतमा ट्रम्पको सम्भावित उपस्थितिको लागि सुरक्षा तयारी गरिरहेका छन्।
पूर्व राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म आफू ट्रायलमा सहभागी हुने कुरा पुष्टि गरेका छैनन्। ट्रम्पका प्रवक्ता स्टिभन चेउङले सीएनएनलाई भने, ‘अहिलेसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन।’
फ्लोरिडाका एक संघीय न्यायाधीशले छुट्टै मुद्दामा बयान स्थगित गर्ने उनको अनुरोधलाई स्वीकार गरे पछि ट्रम्पको योजनाहरू स्पष्ट हुन थालेका छन किनभने यो न्यूयोर्क ट्रायलको सुरुवातसँग बाझिएको थियो।
पूर्व राष्ट्रपति आइतबार साँझ ओटुमवा, आयोवामा एक अभियान कार्यक्रम पछि न्यूयोर्क शहर उड्नेछन् र म्यानहट्टनको ट्रम्प टावरमा रात बिताउने छन्, उनको तालिकासँग परिचित ती स्रोतहरूले भनेका छन् ।
२०२२ सेप्टेम्बरको नागरिक धोखाधडी मुद्दामा न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सले ट्रम्प, उनका जेठा छोरा, तिनीहरूका कम्पनीहरू र धेरै कार्यकारीहरू विरुद्ध ल्याइएको हो । उक्त मुद्दाको सुनुवाइ स्थानीय समय अनुसार सोमबार बिहान १० बजेबाट सुरु हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार