खोरमा ताल्चा लगाउन बिर्सिदा चिडियाखाना रक्षक मारिए
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ८:५७:८
१५ असोज, टोकियो । जापानको फुकुसिमास्थित तोहोकु सफारी पार्कमा एउटा सिंहले चिडियाखाना रक्षकको हत्या गरेको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ ।
चिडियाखाना पालिएको सिंहलाई खाना खुवाउन गएका बेला सो दुर्घटना भएको थियो । सिंहको आक्रमणमा परी केनिची काटो नामक चिडियाखाना रक्षक मारिएका छन ।
द इन्डिपेन्डेन्टको समाचार अनुसार केनिची काटो सिंहलाई खुवाउन खोर भित्र गएका थिए तर निस्कने क्रममा उक्त खोरको ताला लगाउन बिर्सिए । सोही बेला सिंहले उनलाई पछाडिबाट आक्रमण गर्यो। उनको घाँटीबाट धेरै रगत बगेको थियो । उनको शरीरमा धेरै गहिरो घाउको निशान थियो ।
जसलाई देखे पछि सबै छक्क परेका थिए । चिडियाखाना प्रशासनले तुरुन्तै काटोलाई नजिकैको अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीय प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छन भने आक्रमणपछि सो सिंहलाई बेहोस अवस्थामा राखिएको छ ।
यस घटनाका सम्बन्धमा पत्रकारसँग कुरा गर्दै निकुञ्जका वरिष्ठ अधिकारी नोरिचिका कुमाकुबोले ढोका खोलेर जनावरका लागि खाना खुवाइने गरिएको थियो । खाना राखेपछि ढोका बन्द गरेर ताला लगाउनु पर्छ तर काटोले त्यसो गर्न बिर्से र त्यसैबेला ढोका खुल्ला छोडिदिए पछि सिंहले मौका पाएर उनीमाथि आक्रमण गर्यो । सो घटना पछि सुरक्षा व्यवस्थापन उपायहरू सुधार गर्न चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ।
चिडियाखानाका अधिकारीहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै काटोको परिवारसँग माफी मागेका छन्। आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि पहल गरिने आश्वासन दिएका छन् । काटो २७ वर्षदेखि तोहोकु सफारी पार्कमा कार्यरत थिए । यस्तो अवस्थामा सिंह, बाघ र भालुजस्ता जनावरसँग व्यवहारमा उनी अनुभवी मानिन्थे तर दुर्घटना भएको दिन उनले खोरको ढोका लगाउन भुल गरे, जुन गल्तीले उनको ज्यान गयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार
राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार