सीमित लगानी कर्ताको चलखेलका कारण साना लगानी कर्ताले शेयरबाट कमाउन सकेका छैनन्ः अर्थमन्त्री

नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ११:५३:२

१५ असोज, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शेयरबजारमा असन्तुलित कारोवार हुने गरेको बताएका छन् । उनले ठूला लगानी कर्ताको बजारमा चलखेल भएका कारण आम सर्वधारण लगानी कर्ताले शेयर कारोबारबाट कमाउन नसक्ने परिस्थिति कायमै रहेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबटको शुभारम्भ गर्दै मन्त्री महतले नेपालमा शेयर बजारको जानकारी सीमित लगानीकर्तामा मात्र रहेको र उनीहरूले खेल्ने र कमाउने गरेको तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा कायमै रहेको बताए ।
उनले नियामक निकायको माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय गर्न आवश्यक भएको बताए । उनले नियामक निकायबाट केहि सुधारका निर्णय आउने करामा आफू आसावादी रहेको बताए । साना लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने र सही सूचना दिने कुरामा नियमक निकाय सचेत हुनुपर्ने उनको भनाइ छ ।
लगानीका नयाँ–नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै अर्थमन्त्री महतले लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन आवश्यक रहेको दावी गरे ।
कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा वित्तीय साक्षरता २० प्रतिशतभन्दा कम मात्रै रहेको जानकारी गराउँदै विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साता लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।
उनले प्राइभेट इक्विटी एसोसिएसनसँग सम्झौता गर्ने बताए । विशिष्टिकृत लगानी कोषको इजाजतपछि ३० अर्ब ५० करोडको कोष खडा भइसकेको उनले जानकारी दिए । लगानीकर्ता संरक्षणको लागि धितोपत्र बोर्ड स्वतन्त्र सञ्चालकको प्रोटोकल तयार गर्न लागेको र वाषिर्क रिपोर्टिङ स्ट्यान्डर्ड यही सन् २०२३ भित्रै लागू हुने उनले बताए ।
लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआई बेस च्याटबट सुरू भएको जानकारी गराउँदै उनले यसमा लगानीकर्ताको गुनासो संकलन गर्ने र त्यसको सुनुवाइ गर्ने बताए । यसलाई छिटै पूर्णभर्सन सहित नेपाली माध्यममा पनि ल्याउने उनको भनाइ छ । वित्तीय साक्षरताका लागि एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार