लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ, तोलाको कति ?
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार ११:५३:४९
१५ असोज, काठमाडौं । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रूपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रूपैयाँले घटेर १ लाख ७ हजार ९०० रूपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रूपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रूपैयाँले घटेको थियो ।
यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रूपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा २० रूपैयाँले घटेर तोलाको १३ सय ४० रूपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८४४।०३ डलरमा र चाँदी प्रतिऔंस २१.८३ डलरमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा दुई हजारले बढ्यो सुन, कतिमा हुँदै छ किनबेच ?
मंसिर २६, २०८१ बुधबार
मंगलबार सुन तोलामा २१ सयले बढ्यो
मंसिर २५, २०८१ मंगलबार
सोमबार सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार