१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १३:२४:३४
१५ असोज, रूपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रूपैयाँसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म ( बिओपी ) डण्डाका सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक किशोर श्रेष्ठ नेतृत्वको टोलीले आइतबार राति नेपालमा प्रतिबन्धित १० लाख भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउने क्रममा बिओपी चेक पोस्ट अगाडिबाट चेकजाँच गर्ने क्रममा उनीहरुमध्ये एक जनाको साथबाट ९ लाख र दुई जनाको साथबाट ५०/५० हजार भारतीय रूपैयाँ बरामद गरिएको हो । बरामद सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार