बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १५:८:६
१५ असोज, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आएका छन् ।
डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिरूपमा रु पाँच लाख, बोडी बिक्रीबाट रु तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट रु दुई लाख, रामधानको बीउ बिक्रीबाट रु एक लाख ५० हजार, अरुण दुई जातको मकैको बीउ बिक्रीबाट रु ८० हजार गरी वार्षिक औसतमा रु चौध लाख बढी आम्दानी गर्दै आएका छन् । भारत, मलेसिया तथा जापानमा करिब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उहाँले कृषि काम गर्न थालेका हुन् ।
“विभिन्न देशमा रोजगारी गरेँ अन्त्यमा आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु”, उनले भने, “चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै एघार वर्षअघिदेखि व्यावसायिक कृषिको सुरुआत गरेको हुँ ।” सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थालेका डुम्रेले कृषिमा सम्भावना देखे । हाल आफ्नो पाँच रोपनी र अरुको करिब १५ रोपनी जग्गा भाडामा लिएर २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी तथा समयअनुसारका धान र आलुको बीउ उत्पादन गर्दै आएको छ ।
“मेरो मुख्य पेसा नै कृषि हो, मैले गरेको कार्यबाट म सन्तुष्ट छु”, उनले भने, “उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको कुनै किसिमको समस्या छैन ।” बाह्रै महिना सिँचाइका लागि पानीको सुविधा भएकाले उनले वर्षमा तीन बाली लगाउछन् । तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ ।
मकै, धान, गहुँ, आलुको बीउ नगरपालिका, गाउँपालिका, कृषि ज्ञानकेन्द्र, कृषि विकास स्रोतकेन्द्र तथा सरकारी सङ्घसंस्थाको समन्वयका आधारमा सजिलैसँगै बिक्री हुने गरेको उनी बताउछन् । जिमुहा विभिन्न जातका तरकारी तथा आलु र धानको पकेट क्षेत्र हो । यहाँबाट बर्सेनि लाखौँको तरकारी तथा बीउ निर्यात हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार