अधिवेशन भइरहेको सिटी हलमा अनेरास्ववियुका कार्यकर्ताको तोडफोड, अहिले मतगणना जारी
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १५:३१:८
१५ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रवेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् ।
आज दिउँसो मतगणना सुरू भएलगत्तै एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन् । अधिवेशनमा उपस्थित एक नेताका अनुसार निर्वाचन कमिटीको सदस्य रहेका सत्य शाही र प्रदेशका एक नेताबीच आइतबार विवाद उत्पन्न भएको थियो ।
त्यसपछि सत्य शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो । आज दिउँसो मतगणना सुरू हुन लाग्दा उनीपनि सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राखेका थिए । मतगणनामा अवरोध गरेपछि निर्वाचन कमिटीले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।
पार्टीभित्रको आन्तरिक विवाद पार्टीमै मिलाउनुपर्नेमा सत्य शाहीलाई प्रहरीको जिम्मा लगाइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरू सिटी हलमा पुगेर प्रदर्शन गरेका थिए। उनीहरूले गेटमा लात्ती प्रहार गर्दा गेटको सिसा फुटेको छ । शाही अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग प्रमुख हुन् ।
अहिले मतगणना जारी छ । मतगणनामा अध्यक्षका उम्मेदवार गुलाब जङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । सय मत गणना गर्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता बनाउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् ।
त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार