दुई दिनको करेक्सनपछि शेयरबजारमा सामान्य सुधार
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १६:३:१४
१५ असोज, काठमाडौं । दुई दिनको करेक्सनपछि सोमबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अंकमा आएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।
गत साताको बुधबार १८.६० अंक र यो साता आइतबार ३३.२० अंकले नेप्से घटेको थियो । सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो । त्यसपछि भने बजारमा केही सकारात्मक माहोल देखिन थालेको हो । यसआधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो । बिहीबार भने सार्वजनिक विदाका कारण सेयर कारोबार भएको थिएन ।
यद्यपि, समग्रमा हेर्ने हो भने बजार ओरालो यात्रामै छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हावी छ । क्रेताहरु कम र बिक्रेताको संख्या अधिक हुँदा बजार २५ महिनादेखि बियरिस यात्रामा रहेको छ ।
यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार