ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार २१:२१:२२
१५ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एक आपसमा सम्झौता सम्पन्न भएको छ ।
याे समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । बैंकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोष अन्तर्गत सम्झौता गरेको हो ।
यो व्यवस्थाले देशमा नवीकरणीय उर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो उर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।
बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रबर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार यस सम्झौता अन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने परियोजनाहरुलाई बैंकिङ सुविधा प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार