‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छ खानेपानी आयोजना सम्झौता
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार ११:१५:५२
१६ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरी सोमबार द्विपक्षीय सम्झौता गरिएको हो । खानेपानी आयोजना गाउँपालिकाको वडा नं १२ मा दुई, १० नं वडामा दुई र वडा नं १ मा दुई गरी छवटा खानेपानी आयोजना सम्झौता भएको अध्यक्ष लामाले बताए ।
ती आयोजनाबाट तीन सय ९८ घरपरिवार, तीन विद्यालय र एक स्वास्थ्य संस्थाका दुई हजार नौ सय ६२ जना लाभान्वित हुने जनाइएको छ । योजनाअनुसार तीन वटा वडामा दुई हजार चार सय ५३ धारा निर्माण हुनेछ । छवटा खानेपानी आयोजना सम्पन्न गर्न रु तीन करोड १० लाख २९ हजार आठ सय ६१ बजेट अनुमान गरिएको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार