स्रोत नखुलेको १२ लाखसहित तीन भारतीय पक्राउ
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार ११:२३:२५
१६ भदौ, भैरहवा । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित ३ भारतीयलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित सशस्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख भारतीय रूपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नेपालतर्फ आउँदै गरेको अवस्थामा गाडीमा सवार सुनौली ग्राम पंचायत वडा नं. २० सुनौली का ३८ वर्षीय राजु कौशल, जिल्ला गोरखपुर, हमायुपुर दक्षिण गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र सोही स्थान बस्ने ३४ वर्षीय आस्तिक त्रिपाठीको साथ स्रोत नखुलेको भारतीय नगद बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका सूचना अधिकारी डीएसपी दुर्गा थापाले जानकारी दिए ।
भारतीय युवाहरुसहित भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौलको भ्यान र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलको भ्यानमा सवार उनीहरूको साथमा रहेको ५ सय दरका भारतीय रूपैयाँ बरामद गरिएको थियो, बरामद रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बलले रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार नेपाल आउदै गरेका भारतीयहरु क्यासिनो जाने योजना बनाएर भारतबाट आएका थिए, बेलहिया नाकामा सिमावर्ती क्षेत्रमा संचालित क्यासिनोहरूले पिक एण्ड ड्रप सेवासहित भ्यान सञ्चालन गरेकोले सोही भ्यानमा उनीहरू सवार भई आउँदै गरेको बेला समातिएका हुन ।
बेलहियाबाट होटलसम्म ल्याउने र लैजाने जिम्मा पाएको ती भ्यानहरु अधिकांश चेकिङ्ग प्वाइन्टमा विना रोकावट आउने जाने गरेका थिए, विशेष सूचनाको आधारमा ति गाडीहरू आइतबार राती रोकि चेकजाँच गरिएको थियो । पक्राउ परेका तीनै जना र बरामद रकम आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । नेपालमा ५ सयको भारतीय नोट आधिकारिक रुपमा प्रचलनमा नभए पनि क्यासिनोहरूमा भारतीय नोट नियमित आउने गरेको छ । भारतीय पर्यटकहरूले २५ हजार रूपैयाँ सम्म ल्याउन पाउने व्यवस्था रहे पनि पर्यटन भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित भएको भन्दै व्यवसायीहरूले यो रकम कम भएको र भारतीय पर्यटक खर्चिलो भएकोले यो व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएका छन ।
राष्ट्र बैंकको विदेशी विनिमय ऐनमै एक सयभन्दा माथिको भारतीय रकम २५ हजारसम्म मात्रा ल्याउन मिल्ने कानुनी अड्चनका कारण नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएका भारतीयलाई समस्या भएको पर्यटन व्यवसायीहरूले भन्दै आएका छन । रुपन्देहीमा करिब आधा दर्जन होटलमा क्यासिनो संचालनमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार